जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिबद्धता ,सम्पुर्ण प्रगतिशील स्वास्थ्यकर्मीको एक्यवद्ता भन्ने मुल नाराका साथ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको चैत ४ मा बागमती प्रदेश स्तरिय सम्मेलन सम्पन्न भएको छ।
काठमाडौंको बबरमहलमा भएको सम्मेलनमा थाहा नगरपालिकाका स्वास्थ्यकर्मी तथा आग्रा स्वास्थ्य चौकीका प्रमुख लव थापा प्रदेश सचिबमा निर्विरोध चयन भएका छन।
सम्मेलनले डिल्लिराम श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नयाँ समिती निर्विरोध चयन गरेको हो।जस्को उपाध्यक्षमा यममती रोका,सुरेश शाह,प्रकाश श्रेष्ठ सचिब लव थापा,सहसचिव धनेन्द्र श्रेष्ठ ,कोषाध्यक्षमा सुमित्रा बल र सह कोषाध्यक्षमा विनिता पौडेल चयन गरेको छ भने सदस्यहरुमा ज्योति मगर ,प्रेम बहादुर, मगर रेशम योन्जन ,भुपाल लामा,मनिष बिक ,ब्राजेश लामा,चण्डीका उप्रेती ,नबराज श्रेष्ठ ,चक्र बहादुर शाही,प्रबिन श्रेष्ठ ,राजेश बराइली,दिपक भण्डारी ,गोबिन्द प्रसाद पौडेल ,सरिता घलान,भिमराज लोहार,रमेश पोख्रेल ,सगुनकला राई
सुरेन्द्र श्रेष्ठ निर्विरोध भएका छन।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय उपाध्यक्ष कर्म लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एंब स्वास्थ्य फ्याक्सन इन्चार्ज कल्पना धमला ज्युको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेल ज्युको बिशेष आतिथ्यतामा सप्पन्न सम्मेलनमा जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष बामदेब अर्याल , उपाध्यक्ष कानुन लाल चौधरी लगायत उपाध्यक्षहरु , सचीवहरु र अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।